Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सरकारप्रति नागरिकका गुनासै गुनासा, सबैभन्दा धेरै गुनासो नागरिक एप नचलेकोमा

    सरकारप्रति नागरिकका गुनासै गुनासा, सबैभन्दा धेरै गुनासो नागरिक एप नचलेकोमा

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 924
    SHARES

    काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ ।

    हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव तथा हेलो सरकारका प्रमुख छविलाल पाण्डेका अनुसार केन्द्रसँग सम्बन्धित एक हजार ९४९ वटा गुनासा दर्ता भएका छन् ।



    सरकारले २०७७ माघमा सुरु गरेको नागरिक एप नचलेको–नखुलेको विषयमा गुनासो आएको पाण्डेले बताए । उनले भने, “नागरिक एप सुरु भएपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रप्रति गुनासो सर्वाधिक छ । नागरिक तहबाट आएका गुनासा तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।”



    नागरिकले फोन र सामाजिक सञ्जालमार्फत उजुरी दिन पाउने र सरकारबाट त्यस्ता समाधान गरिने अभिप्रायले सुरु गरिएको हेलो सरकारमा २०७६ साउन १ यता १६ हजार ४८ वटा गुनासा दर्ता भएका छन् ।

    तीमध्ये १० हजार २९४ वटा उजुरी हेलो सरकार कक्षबाटै फस्र्योट भएका छन् । कुल उजुरीका आधारमा यो ६४.१५ प्रतिशत हो । सम्बन्धित निकायबाट समाधान भएका गुनासोको सङ्ख्या ३१२ छ ।

    पाण्डेका अनुसार विभिन्न सरकारी निकायबाट दुई हजार ३९४ वटा गुनासाको अनुसन्धान भइरहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार