कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका औषधी सप्लायर्स र फार्मेसीहरुमा अनुगमन गरेको छ ।
अस्पतालहरूमा पारासिटामोलको अभावसँगै कालो बजारी हुन सक्ने भन्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला हिरालाल चौधरीले बताए ।
कोभिडको ओमिक्रोन भेरियन्टसंगै धनगढीमा रहेका मेडिकल र वितरक कर्ताहरूमा औषधी अभाव भएको हो ।
मेडिकलहरूमा अभाव भए पनि जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा भने पर्याप्त मात्रामा औषधी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
बजारको माग उद्योगले धान्न नसक्दा एकै पटक हाहाकार मच्चिएको औषधी बिक्रेताहरूले बताएका छन् ।
Leave a Reply