Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी दिएको छ । क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीको कारोबार गरेको पाइए कडा कारबाही गर्ने बैंकले चेतावनी दिएको हो ।

आइतबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै नेपाली वा नेपालमा बस्ने विदेशी नागारिक साथै विदेशमा बस्ने नेपालीले पनि यस्तो कारोबार गर्न नपाउने उल्लेख गरेको छ । पछिल्लो समय विदेशमा बस्ने नेपालीहरुले हाइपर फण्डमा छोटो समयमै धेरै मूनाफा कमाउन सकिने भन्दै लगानी गर्ने गरेका छन् ।

विदेशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरुलाई समेत यस्तो कारोबारमा लगाउने गरेका छन् । यसबारे व्यापक गुनासो आएको भन्दै राष्ट्र बैंकले यस्तो कारोबार नगर्न र गरेको पाइए कानून अनुसार कारबाही हुने बताएको हो ।

साथै नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता नपाएकाले यस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन सूचना जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077