कैलाली । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले एक सूचना जारी गर्दै सेवा बन्द गरिएको जनाएका हुन् ।
मन्त्रालयका केही कर्मचारीमा कोरोना पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको सूचनामा उल्लेख गरिएको छ।
यस अघि जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको थियो ।
Leave a Reply