Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • टिकौली जङ्गलस्थित नालीमा परेर गैँडा मर्यो

    टिकौली जङ्गलस्थित नालीमा परेर गैँडा मर्यो

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ ।

    आज दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।



    उनका अनुसार, अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उनले जानकारी दिए ।



    चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार