Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोनाका कारण लाइसेन्ससम्बन्धी काम फेरि प्रभावित

काठमाडौं । कोभिडको तेस्रो भेरियन्टका कारण यातायात कार्यालयबाट प्राप्त हुने सेवा पुनः प्रभावित बन्न थालेका छन् ।यातायात कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण देखिएको भन्दै यातायात कार्यालयहरूले सेवा कटौती सुरु गरेका छन् ।

यातायात व्यवस्था कार्यालय एकान्त कुनाले प्रदान गर्दै आएको सेवाहरूमा कटौती गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै धेरै कर्मचारीमा कोरोना संक्रमण भएका कारण नवीकरण र ट्रायलबाहेक अरू सेवाहरू स्थगित गरेको जानकारी गराएको छ ।

योसँगै अब यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट नवीकरण र ट्रायलबाहेकका सेवा हाललाई बन्द गरिएका छन् । अन्य यातायात कार्यालयहरूले पनि भिडभाड कम गर्न भन्दै सेवामा कटौती गर्न थालेको पाइएको छ ।

कार्यालयले कोरोनाको बढ्दो त्रासले भिडभाडमा काम गर्दा सेवाग्राहीहरूको स्वास्थ्यमा समेत असर पर्ने भएकाले सेवाहरू स्थगित गरिएको जनाएको छ ।

एकान्तकुना कार्यालयले लाइसेन्स नवीकरणका लागि दिनको १ सय टोकन र अरू ट्रायलको मात्र सेवा प्रदान हुने सूचनामा उल्लेख गरेको छ । कार्यालयले यो सेवा लिन आउने सेवाग्राहीसँग खोपकार्ड भने अनिवार्य हुनुपर्ने जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077