काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् ।
प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,-चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ?
बिरालो बाँधेर श्राद्ध गरिरहने ? उनले प्रश्न गरेका छन् । पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको छ ।