Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द

काठमाडौं । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन् ।

शनिबार सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले पूर्वप्रधान न्यायाधीश शर्माको निधनमा आज देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।

आज सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द हुने छन् ।

पूर्व प्रधानन्यायाधीश शर्माको यही माघ ५ गते ८८ वर्षको उमेरमा निधन भएको थियो। शर्मा २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077