Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तपाईंको आजको दिन कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल

काठमाडौं । आज २०७८ माघ ९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष

पारिवारिक प्रेम बढेर जानेछ । फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुनेछ, तर परिश्रम अनुसार सफलता मिल्न समय लाग्न सक्छ ।

मिथुन

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाईबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

तुला

सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

धनु

आज अचल सम्पत्ति हात पर्ने योगछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ

आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ ।

बृष

अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कर्कट

कला, साहित्य तथा सांगीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।

कन्या

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनीति अधिकारमा सफलता मिल्नेछ । रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

बृश्चिक

आज पदोन्नतीको सम्भावना प्रवलछ । शुभ कार्यको चर्चा चल्नेछ । राज्यबाट साथ र सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

मकर

श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । प्राविधिक क्षेत्रको काम अघी बढ्नेछ ।

मीन

भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077