Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल अक्सनका लागि सन्दीपसहित १५ खेलाडीको नाम दर्ता (सूची)

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित १५ जनाको नाम दर्ता गराइएको हो।

जसमा लामिछानेसहित, आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा र बिनोद भण्डारी रहेका छन्।

यस्तै, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीको नाम दर्ता सूचीमा रहेको क्यानको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077