काठमाडौं। नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए । उक्त सम्बोधनको टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुनको संज्ञा दिएकी छन्।
‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविश्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्याउँदैन,’ उनले भनेकी छन् ।
हिजो मलाई धेरै आराम थिएन प्रधानमन्त्रीको संबोधन सुन्न सकिन ! आज सुने, मनमा लागेको कुरा भन्दा साथीहरु रिसाउनु हुन्छ तर यति भन्नै पर्छ –
प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ, नकुनै भावना- नकुनै भविश्य छ !
केवल गुनगुन मात्र छ यसले मुलुकलाई कहिं पुर्याउँदैन ।— Komal Oli (@OliKomal) January 22, 2022
Leave a Reply