कामाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी २० हजार १८७ जनाको नमूना परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । जस अनुसार पीसीआरबाट १४ हजार ४६२ र एन्टिजेन प्रविधिबाट ५ हजार ७२५ नमूना परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार हाल देशभर ७२ हजार ८६२ संक्रिय संक्रमित छन्
Leave a Reply