काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई ‘हत्याराको संज्ञा दिएका छन् ।
हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता नभएको भन्दै उनले सामाजि सञ्जाल ट्वीटरमा लेखेका छन्–‘हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने, चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।’
त्यतिमात्रै होइन बास्कोटाले अझै थप्छु भन्दै सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको बताएका छन् । उनले लेखेका छन्–‘सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाइ हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिदैन।’
भट्टराईले यसअघि नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएका थिए । त्यसैको जवाफमा बाँस्कोटाले सो कुरा बताएका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका थिए।
भट्टराईले त्यतिबेला भनेका थिए–'विना कारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व हुन् । नबिर्सौँ हिट्लरको मार्ग निर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो !’
https://twitter.com/GokulPBaskota/status/1484774897289408512?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1484774897289408512%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F217458%2F2022%2F1%2F22%2Fgokul-baskota
https://twitter.com/GokulPBaskota/status/1484778028207345664?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1484778028207345664%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F217458%2F2022%2F1%2F22%2Fgokul-baskota