Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देहीमा कार्यारत तीन प्रहरीलाई 'हाई इ​न्टीग्रेटी इन्चार्ज' अवार्ड प्रदान

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हरेक महिना उत्कृष्ट कार्य गर्ने मातहतका चौकी इन्चार्जहरुलाई प्रदान गर्दै आएको हाई इ​न्टीग्रेटी इन्चार्ज अवार्ड पुस महिनामा तीनजना प्रहरी अधिकृतहरूलाई प्रदान गरेको छ ।

शनिवार ईलाका प्रहरी कार्यालय मझगवा रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी बिट बसपार्क भैरहवामा कार्यरत प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर बम्जन र प्रहरी चौकी पोहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज कुमार तिवारीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

खत्री यसअघि असार महिनामा पनि पुरस्कृत भएका थिए । इन्स्पेक्टर खत्री असार महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले उनीहरुलाई अवार्ड प्रदान गरेका छन् । दिइएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको भन्दै उनीहरुलाई उक्त अवार्ड दिइएको बताइएको छ ।

फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, मादक पदार्थ सेवन बिरुद्धको कारवाही लागयतका काममा उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी प्रमुखहरुलाई ती अवार्ड प्रदान गरिँदै आएको छ ।

एसपी केसीका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077