Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव, अझै केही दिन मौसम बदली रहने

    नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव, अझै केही दिन मौसम बदली रहने

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 888
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागले शुक्रवार एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिवार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिवार, आइतवार र सोमवार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको औंल्याएको छ ।



    उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा १ नम्बर प्रदेशका थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको छ ।



    शनिवार देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भूभागमा आंशिकदेखि सामान्यतया बदली भई देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका १र२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार