चितवन । बिहीबार राति २ बजेदेखि बन्द रहेको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको हो ।
करिब १० घण्टाको प्रयासमा बिहान ११ बजे पहिरो पन्छाएपछि दुईतर्फी बाटो खुलेको प्रहरीले जनाएको छ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
Leave a Reply