काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् ।
सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने सचिवालयले जनाएको छ।
सम्बोधनमा कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे जानकारी दिने बुझिएको छ ।
गत २९ असारमा प्रधानमन्त्री भएका देउवाको कार्यकाल यही पुस २९ गते ६ महिना पूरा भएको थियो ।
Leave a Reply