एजेन्सी । गएराति भएको खेलमा आर्सनललाई हराउँदै लिभरपुल कारबाओ कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा आर्सनलमाथि २–० को जित हात पार्दै लिभरपुलले फाइनलमा प्रवेश गरेको हो ।
आर्सनलमाथि जित निकाल्ने क्रममा लिभरपुलका डिओगो जोटाले दुई गोल गरे। उनले खेलको १९ र ७७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
मोहम्मद सलाह र साडियो मानेजस्ता खेलाडी विना नै मैदानमा उत्रिएको लिभरपुलका लागि जोटाले महत्वपूर्ण गोल गरेका हुन्।
यसअघि पहिलो लेगमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए। लिभरपुल ६ वर्षमा पहिलोपटक कारबाओ कपको फाइनलमा पुगेको हो।
चेल्सी यसअघि नै कारबाओ कपको फाइनलमा पुगिसकेको छ।
Leave a Reply