Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

देउलेक–गर्जे सडकअन्तर्गत बैतडीको सिगास(९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर जिल्ला घर भएका २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ५ बजे आफैले चलाएको मोटरसाइकल सडकबाट डेढसय मिटर तल खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ गइरहेका थिए । उनी ट्याक्टरका चालकसमेत रहेको बताइएको छ ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077