काठमाडौं । आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा २–० ले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
एपीएफको जितमा आवास लामिछाने र प्रदीप लामाले एक एक गोल गरे। खेलको १४ औँ मिनेटमा आवास लामिछानेले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६०औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे।
प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफले अमेरिकाको भुटानिज युथ स्पोर्टस क्लबसँग शनिबार खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन्।
प्रतियोगितामा शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले प्रतिस्पर्धा गर्दैछन्।
Leave a Reply