Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल आयल निगमको निमित्त प्रमुखमा भट्टराई

काठमाडौं ।  नेपाल आयल निगमको निम्ति प्रमुखको जिम्मेवारी इन्जिनियर सुशील भट्टराईले पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार इन्जिनियर भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

मन्त्रालयले निगमको प्रमुख कार्यकारी निर्देशकको नियुक्त नहुँदासम्मका लागि भट्टराईलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघिका निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल आफ्नो कार्यकाल पूरा गरि गत पुस २३ गते विदा भएका छन् । पौडेलको कार्यकाल सकिएसँगै अहिले निगमको उक्त पद रिक्त छ ।

हालका निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक समेत रहेका भट्टराईलाई दैनिक कामकाजको सहजताका लागि मन्त्रालयले निमित्तको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077