Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • बर्जु महोत्सव घटना : स्थानीय प्रशासनद्वारा छानबिन समिति गठन

    बर्जु महोत्सव घटना : स्थानीय प्रशासनद्वारा छानबिन समिति गठन

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । सुनसरीको सीमावर्ती गाउँ चिमडीको बर्जु महोत्सवमा दर्शकहरुले आगजनी गरेको घटनाको विषयमा छानबिन गर्न सुनसरी प्रशासनले एक समिति गठन गरेको छ।

    महोत्सवमा प्रस्तुती दिन भनेर आउने भनिएका भारतीय कालाकार नआएको भन्दै आक्रोशित दर्शकले मंगलबार बुर्ज महोत्सवको स्टेज र गाडीमा तोडफोड तथा आगजनी गरेका थिए।



    उक्त घटनाको सत्यतथ्य पत्ता लागाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानबिन समिति गठन भएको हो।



    समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। समितिले बुधवारबाटै काम थाल्ने बताइएको छ। यसैबीच सुनसरी प्रशासनले घटनाका सम्वन्धमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिको कार्यालय पूर्ण दोषी रहेको बताएको छ।

    महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको जिल्ला प्रशासनले निष्कर्ष निकालेको छ। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुशी महोत्सव सञ्चालनमा ल्याएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार