Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारद्वारा आज राजविराजमा बलिदानी दिवस मनाइँदै

रामनारायण यादव/ सप्तरी । विसं २०६३ सालमा भएको मधेश आन्दोलनको स्मरण गर्दै आज बलिदानी दिवस मनाइँदैछ ।

२०६३ साल माघ ५ गते गोली लागेर सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि यो दिनलाई बलिदानी दिवसको रुपमा मनाउन थालिएको छ । संघीयता आउनुअघि मधेशवादी दलले यो दिनलाई बलिदानी दिवस मनाउँदै आएकोमा पछिल्लो समय प्रदेश सरकारले नै यो दिवस मनाउँदै आएको छ ।

यस पटकको बलिदानी दिवस राजविराजमा मनाँदैछ । दिवस मनाउनका लागि जिल्ला समन्वय समितिको कार्यालयमा तयारी गरिएको छ । दिवस मनाउनका लागि प्रदेश सरकारका मुख्यमन्त्रीसहित मन्त्रीहरु यहाँ आउँदैछन् ।

बलिदानी दिवसमा हुने कार्यक्रममा ५७ जना शहीद परिवारलाई नगद रु ३ लाखका दरले बितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले यसअघि पहिलो बलिदानी दिवस सिरहाको लहानमा, दोस्रो बीरगंजमा र तेस्रो जनकपुरधाममा मनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077