Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोटेश्वरमा टिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरमा तीव्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एकजना घाइते छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङको पथरी घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बूको उपचारका क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोकको नमोबुद्ध घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०२६ प १८२४ नम्बरको मोटरसाइकल गए राति करिब सवा ११ बजे गुडिरहेको टिपरमा ठोक्किएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । टिपरसहित फरार भएका चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077