Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल भित्रिएको २० देखि २४ लाख डोज खोप गायब !

    नेपाल भित्रिएको २० देखि २४ लाख डोज खोप गायब !

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क नभेटिएको बताएका छन् ।

    आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेपालमा कोरोना भाइरस सङक्रमणको पछिल्लो अवस्था र तयारीका बारेमा जानकारी दिँदै सचिव पोखरेलले अहिलेसम्म नेपालले प्राप्त गरेको कुल खोपमध्ये २० देखि २४ लाख डोज खोपको तथ्याङक नभेटिएको उनले बताए ।



    उनका अनुसार पहिलो, दोस्रो र तेस्रो अर्थात् बुस्टर डोज खोप लगाउँदै गर्दा कसैको इन्ट्रि छुटेको र केही लेखाजोखा नमिलेको समितिलाई गराए ।



    संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

    आज सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न पनि खोप अनिवार्य रहेको र सबै नागरिकलाई खोपको तत्काल व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

    समितिले कोरोना खोप लगाउने ठाउँमा समेत भिडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ । त्यसैगरी गर्भवती, सुत्केरी, वृद्धवृद्धा, असक्त र बालबालिकालाई घरघरैमा पुगेर खोप लगाउन सरकारलाई निर्देशन दिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार