Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाम र राजधानी टुंगो लगाएको खुसीयालीमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । नामाकरण र स्थायी मुकाम (राजधानी) तोकेको खुसीयालीमा आज (मंगलबार) मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्। झण्डै चार वर्षपछि ‘प्रदेश २’ को नाम ‘मधेश प्रदेश’ र राजधानी जनकपुरधाम तोक्ने प्रस्ताव प्रदेश सभाबाट पारित भएको हो।

सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम ‘मधेश प्रदेश’ कायम भएको हो। मतदानमा सहभागी ९९ मध्ये मधेश प्रदेशको पक्षमा ८० जनाले मत दिएका थिए।

त्यसअघि प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमा मतदान भएको थियो । सहभागी ९९ मध्ये ७८ जनाले जनकपुरधामको पक्षमा मत दिएपछि सो प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077