काठमाडौं । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नै फुल कोर्ट बैठक बोलाए पनि उनी भने बैठकमा सहभागी हुने छैनन् ।
कोरोना भाइरसको संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भनेर फुल कोर्ट बोलाइएको एक न्यायाधीशले जानकारी दिए।
फुल कोर्ट बैठकमा सहभागी नभए पनि बैठकले निर्णय गरेपछि कार्यान्वयनका लागि प्रधानन्यायाधीश राणाले हस्ताक्षर भने गर्नेछन्।
Leave a Reply