Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • ललितपुरमा भोलिदेखि फ्रन्टलाइनरलाई बुस्टर डोज खोप लगाइने

    ललितपुरमा भोलिदेखि फ्रन्टलाइनरलाई बुस्टर डोज खोप लगाइने

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबारदेखि कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

    महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै महानगरका ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो ।



    माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने छ ।



    यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा) का कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार