Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेशको नाम र राजधानी तय भएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौं । प्रदेशको नामकरण मधेस र स्थायी राजधानी जनकपुरधाम भएको भन्दै प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेका छन् ।

मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।

चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएका छन् । मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जना स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेको थियो ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मधेस प्रदेश र राजधानी जनकपुर भएकाले मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077