काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
बालुवाटार स्रोतका अनुसार देउवाले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन्।
सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी स्रोतको भनाइ छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।
Leave a Reply