काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।
न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला परेकी हुन् ।
उनको मृत्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन् ।
नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको र उनको शव नेपाल ल्याउन खर्च उठाइरहेका विक्रम दाहालले उल्लेख गरेका छन् ।
Leave a Reply