Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

    भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    झापा । भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ९२ हजार रुपैयाँ बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ ।

    गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो ।



    सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।



    यता आजै बुद्धशान्ति गाउँपालिका–१ दामाखोलाबाट प्रहरीले सुखवा जातको गोलिया काठ बरामद गरेको छ ।

    दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको ४७ क्युविक फिट काठ फेला पारी इलामको रोङ सबडिभिजन कार्यालयमा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार