Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रंगशालामा दर्शकलाई प्रवेश दिइने, धार्मिक स्थलमा भने नित्यपूजा मात्र गर्न पाइने

काठमाडौं । सरकारले रंगशालाहरुमा भने दर्शकलाई प्रवेश दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

मन्त्री कार्कीका अनुसार ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि जारी आदेशअनुसार एकपटकमा कुल सिट क्षमताको एक तिहाई मात्र उपस्थित हुनसक्नेछन्।

साथै, माघ ७ गतेदेखि दुबै डोज खोप लगाएकाहरुलाई मात्र खोप कार्डका आधारमा प्रवेश गर्न दिइनेछ ।

यस्तै, सरकारले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै  मठमन्दीर, गुम्बालगायतका धार्मिक स्थलहरुमा नित्यपूजा मात्र गर्न दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077