Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कजेज र ट्युसन सेन्टरहरु पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै आगामी माघ १५ गतेसम्म कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

सरकारका प्रवक्ता समेत रहेका कार्कीका अनुसार ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख गरिएको छ ।

यस्तै, सरकारले आगामी माघ १५ गतेसम्म सिनेमा हल, फुटसल, मनोरन्जनका क्षेत्र( दोहारी, क्लव) र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077