Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिनेमा, नाइट क्लव र जिम हलहरु माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै आगामी माघ १५ गतेसम्म सिनेमा हल, फुटसल, मनोरन्जनका क्षेत्र( दोहारी, क्लव) र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको संख्या दिनहुँ बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो।

हाल नेपालमा १० हजारभन्दा बढी संक्रमितहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077