Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण

    विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 882
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् ।

    काठमाडौं महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औं भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहको सहकारको समन्वय र सहकार्यले मात्रै जोखिम कम गर्न तथा उद्धार, राहत र पुनःस्थापनको काम प्रभावकारी बनाउन सकिने उल्लेख गरे।



    मन्त्री खाणले यसपालिको भूकम्प सुरक्षा दिवस सोहीअनुसार कार्यक्रम तय गरी मनाउन थालिएको पनि जानकारी दिए । मुलुकका हरेक भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको औँल्याउँदै उनले भने, ‘सरकारी तथा निजी आवास भूकम्प थेग्नसक्ने गरी बनाउनुपर्छ, त्यसका लागि नागरिकमा आवश्यक ज्ञान र सचेतना पुर्‍याउनु जरुरी छ।’



    विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सङ्क्रमण फैलिरहेका सन्दर्भ जोड्दै मन्त्री खाणले अहिले कोभिडको विपद्बाट नागरिकको जीउज्यान जोगाउनु महत्त्वपूर्ण भएको बताए।

    स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अवलम्बन गरी जोखिम न्यूनीकरणमा लाग्नसमेत राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई आग्रह गर्दै उनले यसप्रति सचेत हुन नागरिकमासमेत अनुरोध गरे ।  मन्त्री खाणले जोखिमकाबीच आमनागरिकको सुरक्षामा खटिने सबै राष्ट्रसेवक कर्मचारीको प्रशंसा पनि गरे।

    ‘कोभिड-१९ सङ्क्रमणले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत हरेक क्षेत्रलाई प्रभावित पारेको छ,’ मन्त्री खाणले थपे, ‘अहिले कोरोना रोकथाम गरी नागरिकलाई बचाउनुपर्ने अवस्था रहेको छ, हामी सबै संवेदनशील हुनुपर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार