Online Nepal
  • बुधबार, १० पुष २०८१
  • फ्रेण्ड्स हराउँदै तेस्रो स्थानमा उक्लियो आर्मी

    फ्रेण्ड्स हराउँदै तेस्रो स्थानमा उक्लियो आर्मी

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । आज दशरथ रंगशालामा भएको खेलमा आर्मीले तीन गोल गर्दा फेण्ड्सले भने १ गोल मात्रै फर्काउन सक्यो ।

    खेलको १० औं मिनेटमा जगजित श्रेष्ठले बायाँ भागबाट उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेपछि आर्मीले पहिलो हाफमै २–० को अग्रता बनायो ।



    तर, दोस्रो हाफको शुरुमै जमाउल एन्थोनीले फ्रेण्ड्सका लागि गोल गर्दै गोल अन्तर कम पारे । त्यसपछि ७१औं मिनेटमा सुमन अर्यालले गोल गरेपछि आर्मीले सहज जित हात पार्‍यो ।



    यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

    ९ खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले मात्र पछि छ । नवौं चरणसम्म अपराजित आर्मीको पछिल्लो दुई खेलमा यो लगातार जित हो । आर्मीले अहिलेसम्म ४ खेल जित्दा ५ खेल बराबरी खेलेको छ ।

    संकटा १४ अंकसहित चौथो स्थानमा छ र संकटाले आजै थ्रीस्टारसंग खेल्दैछ । ८ खेलबाट साविक विजेता मछिन्द्र एफसी २० अंक जोडेर शीर्ष स्थानमा छ ।

    नवौं चरणसम्म पनि जितविहीन रहेको फ्रेण्ड्सलाई यो हारले रेलिगेसनको मुख्य दाबेदार बनाएको छ । अब चार खेल खेल्न बाँकी हुँदा फ्रेण्ड्स जम्मा ३ अंकसहित १४ क्लब सहभागी लिगमा पूछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार