Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लिपुलेकबारे मुख खोले गगन र विश्वप्रकाशले, यस्तो छ काँग्रेसको ७ बुँदे धारणा

काठमाडौं । भारतले नेपालको लिपुलेक क्षेत्रमा गरेको सडक निर्माणको विषयमा सत्तारुढ दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हिजो एक विज्ञप्ति जारी गरी सडक निर्माण आपत्तिजनक भएको जनाएका छन् ।

कांग्रेसको धारणा स्पष्ट छ भन्दै विज्ञप्तिमा भनिएको–‘सीमासम्बन्धी प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा कुटनीतिक संवाद मार्फत गर्दै नेपाल सरकारले तत्काल लिपुलेक,लिम्पियाधुरा र कालापानीमा आफ्नो भोगाधिकार स्थापित गर्न पहलकदमी लिनुपर्छ।’

७ बुँदे कांग्रेसकोे धारणामा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको उल्लेख छ । त्यसैगरी २ नम्बर बुँदामा ‘नेपालको भागाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने नेपाली कांग्रेस प्रष्ट छ ।’ भनिएको छ । त्यस्तै कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने पनि माग गरिएको छ ।

यस्तो छ लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077