काठमाडौं । सरकारले चार दिनपछि अवकाश हुन लागेका सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
खरेलले उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्र ।
केही दिनका लागि मात्रै भए पनि उनलाई सचिव बनाउने निर्णय भएको मन्त्री श्रेष्ठको भनाइ छ ।
Leave a Reply