Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दर्भ मिडिया अवार्ड: महासंघका अध्यक्षले नै ठगी गरेको सदस्यहरुको आरोप !

तिलौराकोट । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले मिडिया अवार्डका नाममा ठगी गरेको भन्दै महासंघका सदस्यहरुले विरोध गरेका छन्।

शुक्रबार बैठक सुरु हुनासाथ महासंघका केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा अध्यक्षले महासचिवको हस्ताक्षर दुरुपयोग गरेको, विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर संस्थागत मान्यता दिएको भन्दै घटनाको छानबिन हुनुपर्ने बताएका थिए ।

महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको आयोजक ड्रिम हाइसँग तीन लाख रुपैयाँ लिएर सहकार्य गरेका थिए । जसमा अध्यक्ष नै ठगी धन्दामा संलग्न रहेको सदस्यहरुको आरोप छ ।

अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठेपछि महासंघकी सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी गर्दै यसबारे आफ्नो संलग्नता नरहेको बताएकी थिइन् । उनीहरुले तालिम र विभिन्न कार्यक्रममा भइरहेको मनपरीमाथि समेत छानबिनकाे माग गरेका छन् ।

बैठक बहिस्कार गर्नेमा प्रेस सेन्टर र समाजवादी प्रेस संगठनबाट निर्वाचित केन्द्रीय सदस्यहरु रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077