Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न-'हामी लास बनेर दिन काटिरहेका त छैनौं ?'

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हामी पनि लास बनेर दिन काटिरहेका त छैनौं भन्दै प्रश्न गरेका छन् । भट्टराईले अमेरिकी लेखक तथा वैज्ञानिक बेन्जामिन फ्र्यांकलिनको एक भनाइलाई ट्विटरमा अनुवाद गर्दै हामी पनि लास बनेर दिन काटिरहेका त छैनौं भन्दै प्रश्न गरेका हुन । जसपा संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले बिहीबार राति गरेको उक्त ट्वीट् निकै भाइरल भइरहेको छ । भट्टराईले लेखेका छन्, 'ओहो,कस्तो तिखो तर सत्य वचन -“धेरै मानिस पच्चीस बर्षमै मर्छन् तर उनीहरूलाई पचहत्तर बर्ष नपुगेसम्म गाडिन्न/जलाइन्न !!” - बेन्जामिन फ्र्यांकलिन।हामी पनि लास बनेर दिन काटिरहेका त छैनौं ?' भट्टराई सामाजिक सञ्जालहरुमा निकै सक्रिय रहने व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077