Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मुख्त्तार मियाँ हत्या प्रकरण: पाँच भारतीयसहित छ जनाको संलग्नता रहेको प्रहरीको दाबी, यस्तो थियो घटना

    मुख्त्तार मियाँ हत्या प्रकरण: पाँच भारतीयसहित छ जनाको संलग्नता रहेको प्रहरीको दाबी, यस्तो थियो घटना

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.5K
    SHARES

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मुख्त्तार मियाँको हत्या प्रकरणमा ६ जनाको संलग्नता रहेको दाबी गरेको छ । घटनामा संलग्न ४ जना र योजनकार (मतियार) २ जना रहेको प्रहरीको दाबी छ।

    पर्सा प्रहरीले आज एक बिज्ञप्ति जारी गर्दै ४५ वर्षीय भारतीय नागरिक मियाँको हत्यामा उनीहरुको संलग्नता रहेको दाबी गरेको हो । पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतीहारी -०६ घर भई हाल विरगंज नगरपालिका -३ छप्कैया बस्ने इ-रिक्सा चालक ३० बर्षीय सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका- ५ का २२ बर्षीय को निकेश पटेल, भारत बिहार मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर -३ का ५५ बर्षीय सपन मण्डल रहेका छन्।



    यस्तै, भारत बिहारै घर भइ विरगंजमा होटल व्यावसाय गर्ने ३५ बर्षीय बक्सर भन्ने नाजिर हुसैन (मतियार) र ५० को बाबर हुसैन (मतियार) रहेका छन्। उनीहरुलाई प्रहरीले आफ्नै कोठाबाट पक्राउ गरेको जनाएको छ। घटनामा अर्का एक जना भारतीय नागरिक फरार रहेका छन्।



    उनीहरुको साथबाट प्रहरीले मृतकको अटो, अभियुक्त सुनीलको अटो, घटनामा प्रयोग भएको फलामको रेन्च, मास्क, रगत लागेको  सर्ट, ज्याकेट, जुत्ता १ जोरलगायतका समानहरु समेत बरामद गरेको जनाएको छ।

    घटनाको कारण मृतकसँगको झगडापश्चातको रिसइवी र आर्थिक प्रलोभन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले जनाएको छ।

    यस्तो थियो घटना:

    मिति २०७८ पुष २१ गते साँझ अन्दाजी १८.०० बजेदेखि मुख्तार मियाँ इरिक्सासहित हराइरहेको भन्ने उनको श्रीमतीको निवेदनपछिको भोलिपल्ट विरगंज नगरपालिका-२३ नारायणी बयोधा अस्पतालको पछाडिपट्टि रगत लतपतिएको, ज्याकेट, मास्क, टोपी, जुत्ता फेला परेको र टाउकोमा चोट लागेको अवस्थामा मुख्तार मियाँको शव फेला परेको थियो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सपन मण्डल र मुख्तार मियाँ एउटै घरमा भाडामा बस्दै आएका थिए। घटना मिति भन्दा केही दिन अगाडि सपन मण्डल र मुख्तारको बीचमा झगडा भएको थियो । झगडाको क्रममा सपनले मुख्तारलाई मारेर लाश गायब बनाइदिन्छु भनेर धम्की समेत दिएको प्रहरीको भनाइ छ ।

    यस्तै, उक्त झगडापछि  सपनले मुख्तारलाई मार्ने योजना बनाएर भोलिपल्ट रक्सौल जाने काम छ भन्दै जाम भनेका थिए । मुख्तारले इन्कार गरेपछि लकडाउन अगाडि सपनले सुनिल कुमारलाई भेटी मुख्तारलाई मार्न इ-रिक्सा किनिदिने आश्वासनमा  ५० हजार समेतको सुपारी दिएका थिए ,

    सुनिल कुमारले तत्काल योजना बनाई भारत बस्ने हाल फरार नामको साथी र साथी निकेशलाई बोलाएर योजना अनुसार हत्या भएको प्रहरीको भनाइ छ। योजना अनुसार घटनाको दिन अर्थात् पौष २१ गते दिउँसो सब ४ बजे फरार व्यक्ति र निकेशले  मुख्तार मियाँसमक्ष गई गण्डकबाट डेलिभरी केस नारायणी अस्पतालसम्म ल्याउनु छ, पाँच सय दिन्छौं भन्दै मृतककै रिक्सा चढेर उनलाई त्यहाँ पुर्याएका थिए।

    मियाँ आउने खबर पाएपछि पहिले घटनास्थलमा लुकेर बसेका सुनिल, निकेश र ‘फरार’ मिली फलामको रेन्चले मुख्तारलाई टाउकोमा अन्धाधुन्ध प्रहार गरेका थिए । मियाँको मृत्युपछि उनीहरुले लासलाइ नहरमा फालेर पल्टाइदिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार