Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

दाङ । दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका – १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए ।

आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल लगी ठगी गरेको जाहेरी परेपछि पक्राउ गरिएको एसपी काफ्लेले जानकारी दिए ।

पक्राउ परेका बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077