Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिलमा बेरिएर एक महिलाको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिँदा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला बुधबार सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिंदा उनको मृत्यु भएको श्रीमान् शंकरमानले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077