सुर्खेत । नेकपा एमाले दैलेखको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना नै स्थगित गरिएको छ ।
एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मीका अनुसार एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको ।
एमाले दैलेखको अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको उम्मेदवारी थियो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै, सचिवमा रुद्र शाही र तिलकप्रसाद रिजालको उम्मेदवारी थियो ।
Leave a Reply