Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किम जोङकै निगरानीमा नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरिएको उत्तर कोरियाको दाबी

एजेन्सी । उत्तर कोरियाले देशका सर्वोच्च नेता किम जोङ उनको निगरानीमा अर्को हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार मंगलबार क्षेप्यास्त्र परीक्षण गरिएको मिसाइल एक हजार किलोमिटर टाढा आफ्नो लक्ष्यमा खसेको थियो। उत्तर कोरियाले तेस्रो पटक ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको नजरबाट बच्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । किम जोङ-उनको नयाँ वर्षको भाषणपछि एक हप्ता भित्र, उत्तरले दुईवटा मिसाइल परीक्षण गरेको हो। जसमा दक्षिण कोरिया र जापान दुवैले उत्तर कोरियाले मंगलबार गरेको मिसाइल प्रक्षेपण पत्ता लगाएको बताएका छन् । यो मिसाइल उत्तर कोरियाको जमिनबाट समुन्द्रतर्फ प्रहार गरिएको थियो । केसीएनएले पछि भनेको छ,  'अत्यन्त उच्च गति'मा हान्न सक्षम हाइपरसोनिक मिसाइल थियो। यसअघि उत्तर कोरियाले जनवरी ५ मा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको थियो । त्यसबेला अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको आलोचना गरेका थिए र उसलाई 'त्यसको अस्थिरताका गतिविधिहरू' बन्द गर्न भनेका थिए। ब्यालेस्टिक मिसाइलको तुलनामा हाइपरसोनिक मिसाइलले वायुमण्डलको तल्लो तहमा उच्च गतिमा उड्दा आफ्नो लक्ष्यमा प्रहार गर्न सक्छ । तिनीहरू ध्वनिको गतिभन्दा पाँच गुणा अर्थात् ६,२०० किलोमिटर प्रतिघण्टाको गतिमा जान सक्छन्। केसीएनएले साझा गरेको तस्विरमा किन जोङ उन अधिकारीहरुसँग मिसाइल परिक्षण हेरिरहेको देखिन्छ । यो भनिएको छ कि मार्च २०२० पछि यो पहिलो पटक हो कि किन जोङ-उनले आधिकारिक रूपमा मिसाइल प्रक्षेपण कार्यक्रममा भाग लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077