Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ललिता निवास प्रकरण: सीआईबीको अनुसन्धान फितलो, सुबेदी दम्पती छुटे

    ललिता निवास प्रकरण: सीआईबीको अनुसन्धान फितलो, सुबेदी दम्पती छुटे

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुबेदी छुटेका छन्।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सुवेदी दम्पतीलाई अनुसन्धानको क्रममा बोलाइएको बेला उपस्थित हुने सर्तमा मंगलबार छाडिएको हो ।



    सीआईबीले गत पुष ७ गते स्वम्भुबाट ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।



    अनुसन्धानको क्रममा तत्कालिन मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले मुख्य बिचौलिया शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी कागजात कीर्ते गरेको खुलेको सीआईबीको दाबी छ।

    यसअघि ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर सीआईबीको अनुसन्धान फितलो देखिएको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार