Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पर्यटनमन्त्री आले सवार गाडीलाई ठक्कर दिने कारका चालक पक्राउ

    पर्यटनमन्त्री आले सवार गाडीलाई ठक्कर दिने कारका चालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । पर्यटनमन्त्री प्रेमबहादुर आले चढेको गाडीलाई ठक्कर दिने कारका ड्राइभरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    धनगढीको गेटा विमानस्थलभित्र प्रवेश गर्ने चोकमा पवन कडायत भन्ने चालकले हाँकेको बा ४ च १३७७ नम्बरको कारले मन्त्री आले सवार गाडीलाई ठक्कर दिएको थियो ।



    धनगढी प्रहरीले चालक कडायतलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । कडायतले हाँकेको सो गाडीले मन्त्री आले चढेको गाडीलाई ठक्कर दिनुअघि सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर घाइते बनाएको थियो ।



    त्यहाँबाट भाग्ने क्रममा उच्च गतिमा रहेको कार सीधै मन्त्रीको गाडीमा ठोक्किएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार