Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाले मनायो ३००औँ पृथ्वी जयन्ती

काठमाडौं । नेपाली सेनाले पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

सैनिक हेडक्वाटर जंगी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सेनाले सलामीसमेत दिएको थियो ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालमा छरिएर रहेका बाइसे र चौबिसे राज्यहरुलाई नेपालमा गाभेर विशाल नेपालको निर्माण गरेका थिए ।

राष्ट्र निर्माताका रुपमा उनको जन्म दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077