Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले जिल्ला अधिवेशन : अछाममा ७५० मत खस्यो, मतगणना आजै गर्ने तयारी

अछाम । नेकपा एमाले अछामको ८ औँ जिल्ला अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया सकिएको छ ।

गत शुक्रबार उद्घाटन भएको जिल्ला अधिवेशनमा २७ गते मतदान भएको थियो । जिल्ला सदरमुकाम मंगलसैनमा आज बिहान ९ बजेदेखि सुरु भएको मतदान राति साढे ८ बजे सकिएको हो ।

जिल्लामा ७ सय ६२ मतदाता रहेकोमा ७ सय ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । आजै रातिदेखि पार्टी कार्यालयमा मतगणना पनि सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह र चन्द्र बहादुर बोहरा प्यानलसहित चुनावी मैदानमा छन् ।

दुबै टिमले आफूहरुले जित्ने दाबी गरेका छन् । शाह भीम रावल नजिकका हुन भने चन्द्र बोहरा केपी शर्मा ओली निकटका हुन् । बोहराको प्यानलबाट उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद, सह सचिवमा शेर बहादुर बुढा, डम्बर बिसी, रहेका छन् भने शाहको प्यानलबाट उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी) उप–सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेद्धार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077